छोचेन खोला र पुरेपू त्साङ्पो संगम तालको फुटयो, सुरक्षित रहन सर्कुलर
काठमाडौं, १२ भदौ । तिब्बतस्थित छोचेन खोला र पुरेपू त्साङ्पो नदी दोभानमा निर्माण भएको ठूलो ताल फुटेको छ ।
चिनियाँ पक्षबाट उक्त ताल फुटेको जानकारी नेपाललाई दिइएको छ । ताल फुटेसँगै चीनले उद्दार र राहात कार्य तत्कालका लागि स्थगित गरेको छ।
रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारका अनुसार थुनिएको ताल फुटेको भनेर चिनियाँ पक्षले दिए लगत्तै भोटेकोशी र त्रिशुलीको तटीय क्षेत्रमा भइरहेको उद्दार रोक्न तथा सुरक्षित रहन स्थानिय, सुरक्षाकर्मी, स्वयंसेवक र सहयोगीहरूलाई सर्कुलर गरिसकिएको छ ।
बिहीबार बिहानसम्म उक्त तालमा करिब २० लाख घनमिटर पानी जम्मा भएको ग्लोबल टाइम्सले चीनिया जलस्रोत मन्त्रालयलाई उल्लेख गर्दै जानकारी दिएको थियो । तीन दिनमा थप ३० लाख घनमिटर पानी तालमा जम्मा हुने र जुनसुकै बेला फुटन सक्ने जानकारी दिएको भोलीपल्टै ताल फुटेको हो ।
सम्भावित बाँध फुट्ने जोखिमलाई मध्यनजर राखेर चीनको जलस्रोत मन्त्रालयले तालको अवस्थालाई नजिकबाट निगरानी गरिरहेकोको थियो।
नेपाल प्रहरीले पनि सर्कुलर जारी गरेर सुरक्षित रहन अनुरोध गरेको छ ।


