रसुवा बाढी : मृतकको संख्या ५५३ पुग्यो, १४ सय ७३ जनाको उद्धार, दुई हजार बढी अझै बेपत्ता

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार विभिन्न जिल्लाबाट शुक्रबार साँझसम्म ५५३ जनाको शव फेला परेको हो।

सबैभन्दा बढी चितवनमा २२२ र नवलपरासी पूर्वमा १३४ जनाको शव भेटिएको छ। यस्तै धादिङमा ४०, नुवाकोटमा ३८, तनहुँमा ३१, नवलपरासी पश्चिममा २८, रसुवामा १३ र गोरखामा ४७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रहरूबाट हालसम्म १ हजार ४७३ जनाको जीवितै उद्धार गरिएको छ। 

उद्धार गरिएकामध्ये नुवाकोटबाट ८९८, रसुवाबाट ५७२ र धादिङबाट ३ जना रहेका छन्। घाइतेहरूको स्थानीय स्वास्थ्य संस्था तथा काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हालसम्म ९७ जना उपचाररत तथा उपचारपछि डिस्चार्ज भइसकेका छन्।

बाढीका कारण सुरक्षाकर्मी र निजामती कर्मचारीसमेत ठूलो संख्यामा बेपत्ता भएका छन्। हालसम्म नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बलका १३ जना तथा भन्सार र अध्यागमन कार्यालयका कर्मचारी सम्पर्कविहीन छन्।

सर्वसाधारणसहित कुल २ हजार ३८१ जना अझै बेपत्ता रहेको र उनीहरूको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली प्रभावित तथा सम्भावित क्षेत्रमा खोजी र उद्धारमा निरन्तर खटिरहेको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।