हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

काठमाडौँ, १३ भदौ। सरकारको अनुमतिपश्चात् चिनियाँ ‘टनेल रेस्क्यु टिम’का ६ जना सदस्य माथिल्लो त्रिशूली-३ ‘बी’ मा उद्धारका लागि सक्रिय भएका छन्।

 

बाढीका कारण प्रभावित बनेको रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका मानिसहरूको सुरक्षित उद्धारका लागि नेपाल सरकारले विशेष संयन्त्र परिचालन गर्दै निरन्तर प्रयास जारी राखेको प्रधानमन्त्रीका प्रेस संयोजक दीपा दाहालले जानकारी दिएकी छन्।

 

उनका अनुसार अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको यस उद्धार कार्यलाई थप प्रभावकारी बनाउन नेपाल सरकारको सहमतिमा उच्च दक्ष चिनियाँ विज्ञ टोली परिचालन गरिएको हो। सरकारको अनुमतिपछि ६ जना सम्मिलित चिनियाँ विज्ञ टोली कार्यक्षेत्रमा खटिएको उनले जानकारी दिइन्। चिनियाँ हेलिकप्टरमार्फत सोझै त्रिशूली क्षेत्रमा अवतरण गरेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग पूर्ण समन्वय र सहकार्य गर्दै संयुक्त रूपमा उद्धारको काम सुरु गर्नेछ। 

 

अब नेपाल र चीनको संयुक्त टोलीले सुरुङभित्रको वस्तुस्थिति र सम्भाव्यताको प्राविधिक ‘रेकी’ गर्नेछ। प्रारम्भिक अनुगमनका आधारमा उद्धार सम्भव हुने देखिएमा चीनतर्फ रसुवा सीमा क्षेत्रमा ‘स्ट्यान्डबाई’ अवस्थामा राखिएका चिनियाँ विज्ञहरूलाई पनि तत्काल घटनास्थलमा बोलाइनेछ।

 

सुरुङभित्रको अवस्था अत्यन्त चुनौतीपूर्ण भए तापनि नेपाल सरकार, नेपाली सेना र चिनियाँ विज्ञ टोलीको एकीकृत प्रयासबाट फसेका मानिसहरूलाई सकुशल बाहिर निकाल्न हरसम्भव कोसिस भइरहेको जानकारी प्राप्त भएको छ।

 

नेपाल सरकारले अनुमतिदिए लगत्तै भारतवाट पहिलाे पटक ‘टनेल रेस्क्यु टिम’ हिजाे साँझ नेपाल पठाएकाे थियाे, चीनवाट सिधै हेलिकाेप्टरमा नेपाल पसेकाे याे टाेली दाेस्राे हाे । अन्य देशले पनि रेस्क्यु टिमलगायत उद्दार टाेली पठाउने जनाइरहेका छन । हिजाे सम्म सरकारले बिदेशी उद्दार टाेली नचाहिने जनाए पनि शनिवार देखी भने बिदेशी उद्दार टाेली प्रवेशलाइ अनुमति दिएकाे हाे । 

 

(प्रतिकात्मक तस्विर)

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।