भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेको संख्या ६६९ पुग्यो

काठमाडौं, १३ भदौ । भोटेकोसी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये हालसम्म ६ सय ६९ जनाको शव फेला परेको छ।
 
नेपाल प्रहरीले शनिबार अपराह्न ४ बजेसम्मकाे तथ्यांक संकलन गरी सार्वजनिक गरेको अद्यावधिक तथ्याङ्कअनुसार बाढी प्रभावित विभिन्न जिल्लाहरूबाट ती शवहरू बरामद गरिएका हुन्।
 
प्रहरीका अनुसार सबैभन्दा बढी चितवनमा २४८ र नवलपरासी पूर्वमा १५८ वटा शव फेला परेका छन्। त्यसैगरी नवलपरासी पश्चिममा ७५, गोरखामा ५४, धादिङमा ४९, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ वटा शव फेला परेका छन्।
 
यसैबीच बाढीमा परेका २ हजार ३ सय ७१ जनाको सकुशल उद्धार गरिएको छ। जसमा नुवाकोटबाट १,६२२, रसुवाबाट ६७६ र धादिङबाट ३ जना रहेका छन्। बाढीमा घाइते भएकामध्ये काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालहरूमा १४० जनाको उपचार भइरहेको तथा केही डिस्चार्ज भइसकेको नेपाल प्रहरीले जनाएको छ।
 
 विपद्का क्रममा उद्धारमै खटिएका २७ जना प्रहरी कर्मचारीहरूसमेत हालसम्म सम्पर्कविहीन रहेका छन्। प्रभावित क्षेत्रमा उद्धार तथा खोज कार्यलाई तीव्र बनाउन ४ हजार ८ सय ५४ जना प्रहरी कर्मचारी परिचालन गरिएको छ।
 
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।