बेत्रावतीमा चमत्कार: बाढीले पुरिएको ११ औँ दिनमा एक महिलाको जीवितै उद्धार

नुवाकोट । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले घर पुरिएको ११औँ दिन नुवाकोटको बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ।

उद्धार हुनेमा विदुर नगरपालिका–१० बेत्रावतीकी चण्डिका श्रेष्ठ रहेकी छन्। बेत्रावतीस्थित आनन्द श्रेष्ठको घरको भग्नावशेषमा पुरिएकी चण्डिकालाई शनिबार सुरक्षाकर्मीको टोलीले जीवितै उद्धार गरेको हो।

नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीका अनुसार पहिरोले आधा पुरिएको घरभित्रबाट मानिसले आवाज निकालेको सूचना पाएपछि प्रहरी टोली तत्काल घटनास्थल पुगेको थियो। त्यसपछि भग्नावशेष हटाउँदै खोजी गर्दा चण्डिकालाई जीवित अवस्थामा फेला पारिएको हो।

११ दिनसम्म भग्नावशेषभित्र पुरिएर पनि जीवित रहन सफल चण्डिकालाई उद्धारपछि तत्काल उपचारका लागि स्वास्थ्य संस्थामा लगिएको छ।

लामो समयसम्म भग्नावशेषमा पुरिएकी महिला जीवितै फेला परेपछि स्थानीय बासिन्दा तथा उद्धारमा खटिएका सुरक्षाकर्मीमा खुसी छाएको छ।

भदौ १० गते त्रिशूली नदीमा आएको भीषण बाढीले बेत्रावतीसहित नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो। बाढी आएको ११ दिनपछि चण्डिकाको जीवितै उद्धार हुनुलाई उद्धार अभियानकै आश्चर्यजनक घटनाका रूपमा लिइएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।