रसुवा बाढी पीडितलाई नेपाल टेलिकमको १८ करोड सहयोग

काठमाडौं । नेपाल टेलिकमले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । बुधबार नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले १० करोडको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन् ।

भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीबाट जनजीवन प्रभावित भएपछि टेलिकमले आपतकालीन राहत तथा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सहयोग उपलब्ध गराउँदै आएको छ । टेलिकम तथा कर्मचारीका तर्फबाट नगद र नि:शुल्क सेवा गरी कूल १८ करोड दुई लाख २६ हजार ६६ रुपैयाँ बराबरको सहयोग जुटेको हो ।

टेलिकमका कर्मचारीहरूका तर्फबाट संकलन गरिएको दुई करोड दुईलाख २६ हजार ६६ रुपैयाँको चेक यसअघि नै अर्थमन्त्रीलाई हस्तान्तरण भइसकेको छ । 
बाढी आएलगत्तै प्रभावित क्षेत्रका सेवाग्राहीहरूलाई सञ्चार सम्पर्क सहज बनाउन टेलिकमले ६ करोड रुपैयाँ बराबरको नि:शुल्क कल, डेटा र एसएमएस सुविधा उपलब्ध गराएको छ ।

यी तीनवटै सहयोग जोड्दा बाढी प्रभावितका लागि नेपाल टेलिकमको तर्फबाट कूल सहयोग रकम १८ करोड २ लाख २६ हजार ६६ रुपैयाँ पुगेको हो ।
यस सहयोगले प्राकृतिक विपद्‌बाट प्रभावित नागरिकहरूको तत्कालीन राहत, उद्धारका साथै दीर्घकालीन पुन:स्थापना कार्यमा उल्लेखनीय योगदान पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

विपद्को समयमा दूरसञ्चार सेवाको निरन्तरता कायम राख्न र राहत, उद्धार तथा पुन:स्थापना कार्यमा सक्दो सहयोग पुर्‍याउन सदाझैँ प्रतिबद्ध रहेको कम्पनीको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।