इलाममा १ हजार ५ सय ४ किलो गाँजा सहित ट्रक नियन्त्रणमा
इलाम । इलाममा प्रहरीले १ हजार ५ सय ४ किलो ६१० ग्राम गाँजासहित ट्रक नियन्त्रणमा लिएको छ।
इलाम नगरपालिका–९ भञ्ज्याङस्थित मेची राजमार्गबाट प्रहरीले ना.४ ख ८९९६ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो।
असोज ६ गते साँझ प्रहरी चौकी गोलाखर्कबाट गस्तीमा खटिएको टोलीले चेकजाँच गर्ने क्रममा ट्रकको फल्स बटम बनाई त्रिपालले छोपेर प्लास्टिकका ४१ वटा बोरामा लुकाइराखेको अवस्थामा गाँजा बरामद गरेको प्रहरीले जनाएको छ।
गाँजा बरामद भएपछि ट्रक नियन्त्रणमा लिइएको छ। गाँजा ओसारपसारमा संलग्न चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।


