कृष्णभीरमा लेदोसहितको पहिरो: पृथ्वी राजमार्ग एकतर्फी, वर्षाले पन्छाउन सकस

काठमाडौं, ८ असोज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर नजिकै लेदोसहितको पहिरो खस्दा सवारी आवागमन एकतर्फी बनेको छ।

शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरभन्दा करिब १०० मिटर अगाडि पहिरो झरेपछि सडक अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

अहिले पनि सो क्षेत्रमा निरन्तर पानी परिरहेकाले पहिरो पन्छाएर सडक पूर्ण रूपमा सञ्चालन गर्न कठिन भइरहेको छ।

यसअघि भदौ १० र १४ गते भोटेकोशी र त्रिशूली नदीमा आएको भिषण बाढीले कृष्णभीर क्षेत्रमा सडक कटान गर्दा पृथ्वी राजमार्ग १८ दिनसम्म ठप्प बनेको थियो। पछि नयाँ ट्र्याक खोलेर असोज १ गतेदेखि मात्रै यातायात पुनः सञ्चालनमा ल्याइएको थियो।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖