ताप्लेजुङ सरोकार केन्द्रद्वारा घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाको सम्झनामा घुन्सा पार्कमा सरसफाइ तथा श्रद्धाञ्जली सभा

चन्द्र मादेन आन्छन,काठमाडौं । ताप्लेजुङ सरोकार केन्द्रले घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका २४ जनाको सम्झनामा काठमाडौंको नागार्जुन नगरपालिका–७ छापाचौरस्थित घुन्सा पार्कमा सरसफाइ तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ।

असोज ७ गते आयोजना गरिएको कार्यक्रममा ताप्लेजुङ सरोकार केन्द्रका अध्यक्ष बलबहादुर तामाङको नेतृत्वमा पीडित परिवारका आफन्त, छरछिमेकी, केन्द्रका पदाधिकारी तथा आजीवन सदस्यलगायत ताप्लेजुङवासीको सहभागिता थियो।

करिब दुई घण्टा पार्क सरसफाइ गरेपछि दिवंगतहरूको सालिकमा पुष्पगुच्छा अर्पण, धूपबत्ती तथा एक मिनेट मौनधारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो।

कार्यक्रममा अध्यक्ष तामाङले सहभागी सबैलाई धन्यवाद दिँदै पार्कको पुनर्निर्माण, प्रचारप्रसार तथा पार्कसम्म पुग्ने लोकेसन र साइनबोर्ड राख्न आवश्यक रहेको धारणा राख्नुभयो। कार्यक्रमको सञ्चालन संस्थाका महासचिव अशोक प्यासीले गर्नुभएको थियो।

वि.सं. २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सास्थित फलेभीरमा श्री एयरलाइन्सको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन तथा भूसंरक्षणमन्त्री गोपाल राई, भूगोलविद् तथा योजनाविद् डा. हर्क गुरुङ, वन्यजन्तु संरक्षणसँग सम्बन्धित विज्ञ, कूटनीतिज्ञलगायत २४ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा सरकारले काठमाडौंको नागार्जुन नगरपालिका–७ छापाचौर क्षेत्रमा घुन्सा पार्क निर्माण गरी २४ जनाको अर्धकदको सालिक राखेको छ।

कार्यक्रममा सहभागी आफन्तहरूले पार्कमा राखिएका सालिकमा दिवंगत व्यक्तिहरूको आकृति नमिलेको गुनासोसमेत गरेका छन्। उनीहरूले कम्तीमा अनुहार ५० प्रतिशतसम्म मिल्ने गरी सालिक निर्माण गर्नुपर्ने बताएका छन्।

घुन्सा पार्क कलंकीचोकबाट करिब ४–५ किलोमिटरको दूरीमा, छापाचौर स्विजरल्यान्ड पार्कबाट करिब आधा किलोमिटरको दूरीमा रहेको आयोजकले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖