त्रिभुवन विमानस्थलबाट सुनजस्तो पहेँलो धातुसहित दुई जना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन ओसारपसार तथा कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ।

कतारको दोहा हुँदै कतार एयरलाइन्समार्फत काठमाडौं आएका यात्रुलाई प्रयोग गरी सुन ओसारपसार तथा कारोबार गर्ने गतिविधिमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको पार्किङ क्षेत्रबाट एक जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–१ पिपरपाटीका अन्दाजी ३३ वर्षीय अनिस अन्सारी रहेका छन्। उनको साथबाट सुनजस्तो देखिने पहेँलो धातुका गरगहना ७९.६ ग्राम बरामद भएको प्रहरीले जनाएको छ।

त्यसैगरी, कतारको दोहा हुँदै काठमाडौं आएका भारतका ४२ वर्षीय मोहम्मद चेरा थोडी (MOHAMMED CHERA THODI) को गतिविधि शंकास्पद देखिएपछि उनलाई विमानस्थलको बाह्य पार्किङ क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।

जाँचका क्रममा उनको साथबाट भन्सार छली गरी ल्याएको सुनजस्तो देखिने पहेँलो पदार्थ ५३६ ग्राम फेला परेको प्रहरीले जनाएको छ।

बरामद पदार्थ सुन भए/नभएको तथा घटनामा उनीहरूको संलग्नताबारे थप अनुसन्धान भइरहेको छ। दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖