झापा र मोरङबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
विराटनगर, असोज ९ गते । झापा र मोरङ जिल्लाका विभिन्न स्थानबाट लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ परेका छन्।
असोज ८ गते चेकजाँचका क्रममा झापाको प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले बाह्रदशी गाउँपालिका–६ का घनश्याम अधिकारी र पाँचथरको फिदिम नगरपालिका–११ का राजु कुमार मेयोङबोलाई ७ ग्राम ५६ मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
त्यस्तै, मोरङको इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–१० का शिवराज राईलाई ८ ग्राम ६२० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ।
ब्राउन सुगरसहित पक्राउ परेका तीनै जनामाथि आवश्यक कानुनी कारबाही भइरहेको प्रहरीले जनाएको छ।


