बाढीपहिरोले सबै राजमार्ग अवरुद्ध, काठमाडौं उपत्यका भित्रिने र बाहिरिने गाडी ठप्प

काठमाडौं, ९ असोज । अविरल वर्षाका कारण पृथ्वी राजमार्ग र बिपी राजमार्ग अवरूद्ध भएपछि काठमाडौंबाट बाहिरिने सवारीहरू बल्खु र कोटेश्वरमा रोकिएका छन् ।

पृथ्वी राजमार्गअन्तर्गत धादिङ जिल्लाका विभिन्न सात स्थानमा पहिरो खसेको छ । सात ठाउँमध्ये दुई स्थानमा सडक पूर्ण रूपमा अवरुद्ध छ भने अन्य ठाउँमा राजमार्ग एकतर्फी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पृथ्वी राजमार्गको कृष्णभिर, परेवाभिर, ज्यामिरेघाट, जहरे, जवाङखोला, तिगराङ खोला र कमेरेभिरमा पहिरो खसेको छ । सोही कारण अहिले यातायातका साधन ठप्पप्राय: छन् ।

यस्तै, काभ्रेको नमोबुद्ध नगरपालिकास्थित चौकीडाँडामा रोशी खोलाले सय मिटर जति अस्थायी डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध छन् । सिन्धुलीबाट आएका गाडी चौकीडाँडाको पूर्वतर्फ र काठमाडौंबाट गएका गाडी भकुण्डेबेसीमा रोकिएका छन् ।
 

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖