किरात राई यायोक्खाको अध्यक्षमा युवराज राई सर्वसम्मत चयन
विराटनगर । किरात राई समुदायको साझा संस्था किरात राई यायोक्खाको १२औँ राष्ट्रिय महाधिवेशनबाट युवराज राईको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन भएको छ।
विराटनगरमा असोज २३ गतेदेखि सुरु भएको महाधिवेशनको बन्दसत्रले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो। जीवन हाताचा राई नेतृत्वको कार्यसमितिको कार्यकाल पूरा भएपछि युवराज राईलाई संस्थाको नेतृत्वको जिम्मेवारी दिइएको हो।
संस्थाको विधान, २०४८ को दफा १० बमोजिम गठित कार्यसमितिको सहअध्यक्षमा जनक राई र अर्जुन जम्नेली राई चयन भएका छन्। उपाध्यक्षमा भीमराज राई, कृष्णकुमार राई, मातृका राई, नगेशचन्द्र राई, सुमन राई, परशुराम राई र गणेश खालिङ राई चयन भएका छन्।
महासचिवमा मञ्जु राई चयन भएकी छन्। उपमहासचिवमा पर्शु राई, राजु एन राई (राजकुमार), मिनाकुमारी राई (रन्जु), भोगीराज राई र प्रमिला राई चयन भएका छन्।
त्यस्तै, सचिवमा छिला राई, मनोज बान्तवा राई, मानभगत चाम्लिङ राई, सीताकुमारी राई, प्रकाश दुमी राई, मुकुन्द राई र सञ्जयकुमार राई चयन भएका छन्। कोषाध्यक्षमा डेकिन्द्रकुमार राई तथा सहकोषाध्यक्षमा रत्नदेवी राई (उषा), चिरहाङ राई र मनिकुमार राई चयन भएका छन्।
केन्द्रीय सदस्यमा जीतकुमार राई, खिलराज राई, सञ्जय सन्तोषी राई, तारा राई, विर्सिका राई, ज्ञान किराती, रामचन्द्र राई, अनिता राई, होमबहादुर राई, चन्द्रकुमार राई (अनिस), जितेन्द्र साम्पाङ राई, रोहितकुमार राई (आर.के.), विष्णु देवास राई, चन्द्रकुमार राई, थगेन्द्र राई र सोभित राई रहेका छन्।
त्यसैगरी सदस्यमा गंगा राई, टीकाराम राई, रामध्वज राई, अशोक राई, सीताकुमारी राई, मोहन राई, अमरबहादुर राई, सुदिप राई (दोस्तिहाङ), गणेश साम्पाङ राई, मनोजकुमार राई (भद्रगोल किराती) र भूपेन्द्र चाम्लिङ राई (भूपाल) चयन भएका छन्।
विभिन्न आबद्ध संस्थाबाट पनि प्रतिनिधि चयन गरिएको छ। किरात राई कुलुङ संघबाट शान्तादेवी राई, किरात साम्पाङ राई जम्लेखा नेपालबाट बाबुराम साम्पाङ राई, किरात राई लेखक संघबाट भविशंकर राई, किरात बुङ्लावा राई उत्थान समाजबाट सुरेशकुमार राई तथा किरात राई यायोक्खा खोटाङबाट युगल किराँत चयन भएका छन्।
महाधिवेशनमा दुई प्रदेश, २४ जिल्ला, २४ विदेश शाखा, १९ भाषिक संस्था र आठ भ्रातृ सङ्गठनबाट करिब सात सय प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने आयोजकले जनाएका थिए।
महाधिवेशनले कोशी प्रदेशको नाम परिवर्तन गरी ‘किरात’ राख्न मागसहित १९ बुँदे विराटनगर घोषणापत्रसमेत जारी गरेको छ।


