उदयपुरमा ब्रेक फेल भएर बोलेरो दुर्घटना, २२ महिनाका बालक सहित १५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका–४ मरुवास्थित सिद्धिचरण राजमार्गमा बोलेरो जिप दुर्घटना हुँदा २२ महिनाका बालकसहित १५ जना घाइते भएका छन्।

प्रहरीका अनुसार प्र.३–०१–०२३ च ६५०६ नम्बरको बोलेरो जिपको ब्रेक फेल भएपछि सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा जिप चालक कटारी नगरपालिका–११ निवासी २९ वर्षीय निर्पबहादुर खड्कासहित १५ जना घाइते भएका छन्। घाइतेमध्ये झापाको बिर्तामोड नगरपालिका–६ की मेनुका मगर भुजेल र उनका १४ वर्षीय छोरा रेहान तथा ७ वर्षीया छोरी प्रिन्सिका पनि छन्।

त्यस्तै, कटारी नगरपालिका–२ का ७१ वर्षीय रामबहादुर मगर, उनकी ३५ वर्षीया छोरी लिसना मगर, ६० वर्षीया गोमा श्रेष्ठ, ३९ वर्षीया अम्बिका दाहाल र उनका १० वर्षीय छोरा दिक्षित दाहाल घाइते भएका छन्।

दुर्घटनामा कटारी नगरपालिका–११ का २१ वर्षीया निर्मला राउत, २६ वर्षीया दिलकुमारी हायु र उनका २२ महिनाका छोरा दियांस हायु पनि घाइते भएका छन्। त्यस्तै, मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ की १६ वर्षीया तेन्जु लामा, महोत्तरीको गौशाला नगरपालिका–१ की ३५ वर्षीया कविता रेग्मी र सिन्धुलीको दुधौली नगरपालिका–११ का १० वर्षीय प्रदीप पौडेलसमेत घाइते भएका छन्।

घाइतेहरूको कटारी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर अवस्थाका ७१ वर्षीय रामबहादुर मगरलाई थप उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖