लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हरायो

काठमाडौं, ९ कात्तिक । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को पहिलो खेलमा साविक विजेता लुम्बिनीले विजयी सुरुवात गरेको छ । 

कीर्तिपुरस्थित त्रिवि मैदानमा सोमबार भएको खेलमा लुम्बिनीले सुदूरपश्चिम रोयल्सलाई सात विकेटले पराजित गरेको हो । 

टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको लुम्बिनीले सुदूरपश्चिमलाई १७ ओभरमा ८७ रनमै अलआउट गरेको थियो । जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनीले ९.५ ओभरमै ८८ रन बनाउँदै लक्ष्य पूरा गरेको छ ।

लुम्बिनीका लागि सर्टले ४० र आरिफ शेखले ३२ रनको योगदान गरे । श्रीलंकन खेलाडी डिकेवालाले सात रन बनाए । 

मंगलबार दुई खेल आयोजना हुनेछन् । पहिलो खेलमा १२ः३० बजे विराटनगर किंग्स र चितवन राइनोज तथा दोस्रो ५ बजे हुने खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछन् ।

धनकुटा खबर

धनकुटा खबर

( धनकुटा खबर डटकम धनकुटा जिल्लाकै पहिलो अनलाइन मिडिया हो । बिसं २०७३ सालबाट सुरु भइ सत्य,तथ्य र निष्पक्ष समाचार प्रकाशन गर्न धनकुटा खबर प्रतिबद्द छ ।)

More Posts - Website

Follow Me:Add me on XAdd me on FacebookAdd me on Instagram



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖