इन्टरनेसनल क्लब कप फुटबल खेल्न मनाङ मर्स्याङ्दी ब‌ंगलादेश जाँदै

काठमाडौं, ४ फागुन । इन्टरनेसनल क्लब कप फुटबलमा सहभागी हुन मनाङ मर्स्याङ्दी क्लबको टोली आज बंगलादेश जाँदैछ।

क्लबका २३ खेलाडीसहित ३१ सदस्यीय टोली बेलुकी ५ बजेपछि त्यसतर्फ जान लागेको हो। टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फा र मनाङ मर्स्याङ्दी क्लबले मंगलबार विदाइ गरेको थियो । फागुन ७ गतेदेखि बंगलादेशको चटगाउँमा हुने प्रतियोगितामा मनाङसहित आठ टोलीको सहभागिता रहने छ।

मनाङ रहेको समूह ‘बी’ मा बङ्गलादेशको चित्तागोङ अवाहानी लिमिटेड, ढाका मोहमदेन स्पोर्टिङ क्लब र शाहीन अस्मायी एएफसी अफगानिस्तान छन्। समूह ‘ए’मा ढाका अवाहानी लिमिटेड, एफसी अल्गा किर्गिस्तान, पोचेन सिटिजन साउथ कोरिया र टिसी स्पोर्टस क्लब माल्दिभ्स छन्। मनाङले पहिलो खेल फागुन ८ गते बंगलादेशकै मोहमेदेन स्पोर्टिङ क्लबसँग खेल्नेछ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।