पाथीभरा भलिबल प्रतियोगिता: आर्मी र सशस्त्र प्रहरीको जित

ताप्लेजुङ, फागुन ५ । ताप्लेजुङमा जारी पाथीभरा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत् विहीबारको खेलमा त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको टिम विजयी भएका छन् ।
विहीबार फुङ्लिङस्थित नेपाली सेनाको खेल मैदानमा भएको पहिलो खेलमा आर्मीले पूर्वाञ्चललाई २५–१५, २५–२३ र २५–१८ को सोझो सेटमा पराजित गरेको हो ।
त्यस्तै, विहीबारै भएको दोस्रो खेलमा सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–१७, २५–१६, २५–१५ को सोझो सेटमा हरायो ।
प्रतियोगितामा आर्मी, पुलिस र सशस्त्र प्रहरीका साथै दुई क्षेत्रीय टोली मध्यमाञ्चल र पूर्वाञ्चलको सहभागिता रहेको छ ।
प्रतियोगिताको विजेता टिमले ३ लाख ३० हजार रुपैयाँ पुरस्कार पाउने छ ।


