एकैपटक १०४ ओटा उपग्रहको प्रक्षेपण गरेर भारतले बनायो कीर्तिमान

भारतले एकैपटक १०४ ओटा उपग्रह (स्याटलाइट्स)को प्रक्षेपण गरेर कीर्तिमान बनाएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान संस्थान (इसरो)ले एकैपटक १०४ ओटा उपग्रह प्रक्षेपण गरेर कीर्तिमान बनाएको हो ।

कुनैपनि देशले अन्तरिक्ष अभियानअन्तर्गत् एकैपटक यति धेरै उपग्रह प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

यसअघि, सन् २०१४ मा रुसले एकैपटक ३७ उपग्रहको प्रक्षेपण गरेर कीर्तिमान राखेको थियो । तर, भारतले रुसलाई पछि पार्दै १०४ ओटा उपग्रह प्रक्षेपण गरेको हो ।

इसरोले प्रक्षेपण गरेका १०४ उपग्रहमध्ये तीनओटा भारतका हुन् । बाँकी एक १०० ओटा इजरायल, काजकस्तान, नेदरल्यान्ड, स्वीट्जरल्यान्ड र अमेरिकाका हुन् ।

यस अभियानबाट भारतले कीर्तिमान राख्नुका साथै एक सय करोड रुपैयाँ ती देशबाट आम्दानी गरेको पनि बताइएको छ । एजेन्सी



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।