मंगल ग्रहमा मानव बस्ती बनाउने युएईको महत्वाकांक्षी योजना

युएई । संयुक्त अरब इमिरेट्स (युएई) ले मंगल ग्रहमा मानव बस्ती बसाल्ने महत्वाकांक्षी योजना तयार पारेको छ ।

युएईका शेख मोहम्मद बिन राशिल अल मखतुमले दुबईमा यसै साता ‘मंगल २११७ परियोजना’ घोषणा गरेका हुन् । यो परियोजना अन्तर्गत आगामी सय वर्षमा मंगल ग्रहमा मानव बस्ती बसाल्ने लक्ष्य राखिएको छ ।

‘मंगल ग्रहमा पुग्नु मानवको दीर्घकालिन सपना बनेको छ,’ उनले भने, ‘युएईले अन्तर्राष्ट्रिय प्रयासको नेतृत्व गर्दै यो सपनालाई साकार पारोस् भन्ने हाम्रो लक्ष्य हो ।’ नयाँ परियोजना एउटा बीउजस्तै भएको र यसलाई आफूहरुले रोपेको उल्लेख गर्दै उनले भने, ‘आगामी पिढीले यसको लाभ लिन सक्छन् ।’

१०० वर्षको निर्धारित योजनाअनुसार वैज्ञानिकहरुले शोध गर्नेछन् । त्यसैगरी विश्वविद्यालय तहमा अन्तरिक्ष विज्ञानसम्बन्धी राष्ट्रिय जनशक्ति तयार पारिनेछ । कार्यक्रमले युवा पिढीलाई अन्तरिक्ष क्षेत्रमा रुची बढाउने बताइएको छ ।

अन्तरिक्षमा दुबईको पहिलो अभियान सन् २०२१ मा प्रक्षेपण हुने छ । यसमा सफलता मिलेको खण्डमा अन्तरिक्षमा यो नै अरबको पहिलो अनुसन्धान हुनेछ ।

यो परियोजनामा अन्तर्राष्ट्रिय टिम सामेल हुनुअघि युएईकै वैज्ञानिकहरुले आधार निर्माणको काम गर्नेछन् । शुरुवाती अवधिमा मंगल ग्रहमा भोजन र उर्जाको सम्भावना खोजिने बताइएको छ ।

यसका अतिरिक्त मंगल ग्रहमा पुग्नका लागि सबैभन्दा द्रुत माध्यमका बारेमा पनि अनुसन्धान गरिने भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।