‘राजा आऊ देश बचाऊ’: पूर्वराजा ज्ञानेन्द्र परिवारसहित चितवन पुग्दा जे देखियो (भिडियो सहित)
चितवन, फागुन ६ । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार चितवन पुगेका छन् ।
पूर्वरानी कोमलको जन्मदिन मनाउन पूर्वराजा परिवारका सदस्यहरुसहित चितवन आएका हुन् । उनीहरु शुक्रबार (आज) मेघौलीको बाराही जंगल रिसोर्टमा बस्नेछन् ।
पूर्वराजा शाह आफैंले गाडी चलाएर चितवनको चौबिसकोठीमा पुग्दा सर्वसाधारणले स्वागत गरेका थिए ।
उनीहरुले ‘राजा आऊ देश बचाऊ’ भन्दै नारासमेत लगाएका थिए ।
ईमेजखबर भिडियो हेर्नुहोस्


