धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन

धनकुटा, फागुन ७ । धनकुटामा यस वर्ष करिब २५ करोड रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको छ ।

यो उत्पादन गत वर्षभन्दा करिब १५ प्रतिशतले बढी हो । गतवर्ष २२ करोड रुपैयाँ बराबरको मात्र सुन्तला उत्पादन भएको थियो ।

७ सय ७५ हेक्टरमा गरिएको खेतीबाट ३ हजार ७ सय ७० मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

रोग किराको कम प्रकोप र मौसम अनुकूल भएकाले धनकुटा नगरपालिका, खोकु, छिन्ताङ, मौनावुधुकलगायतका क्षेत्रमा बढी सुन्तला फलेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख भरतप्रसाद विडारीले जानकारी दिए ।

उत्पादित सुन्तला धरान, इटहरी, विराटनगर, काठमाडौं तथा भारतसम्म निर्यात भएको कार्यालयले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।