वैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने सरकारको निर्णय

काठमाडौँ, ९ फागुन । सरकारले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्रीसँगको परामर्शमा निर्वाचन आयोगका पदाधिकारीले आगामी वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गर्न सरकारसँग प्रस्ताव गरेका थिए ।


