नेकपा एमालेका वरिष्ठ नेता नेपालले गरे सरकारको प्रशंसा !

काठमाडौं, फागुन १० । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाचन क्षेत्र निर्धारण आयोग तुरुन्त गठन गर्न सरकारसँग माग गरेका छन् ।

उनले भने–‘स्थानीय तहको निर्वाचनपछि केन्द्रीय संसदको निर्वाचनमा जानुपर्ने भएकाले नै क्षेत्र निर्धारण आयोग गठन र यसले दिने सुझाव आवश्यक पर्छ ।’

व्यवस्थापिका–संसद परिसर नयाँबानेश्वरमा सन्चारकर्मीसँग मंगलबार कुराकानी गर्दै वरिष्ठ नेता नेपालले भने–‘सरकारले स्थानीय तहको निर्वाचन घोषणा गरी जनतामा सकारात्मक सन्देश प्रवाह गरेको छ, अब निर्वाचनको उचित वातावरण बनाउन लाग्नुपर्छ ।’

‘निर्वाचन घोषणा भइसक्यो, अब निर्वाचनलाई कुनै दलले बार्गेनिङ (लेनदेन)को विषय बनाउनु हुन्न, निर्वाचनमा भाग लिइ आफ्नो हैसियत नाप्नुपर्छ’–उनले भने ।

उनले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरी राम्रो काम गरेको भनी सरकारको प्रशंसा पनि गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।