हातमा पसिना आएर हैरान हुनुहुन्छ ? यसो गर्नुस्…
कुनै कारणबिना नै हातबाट पसिना आउँछ अनि कुनै काम गर्दा, लेख्दा या यत्तिकै बस्दा पनि पसिना आएर हैरान बनाउँछ भने त्यस्तो अवस्थालाई चिकित्सा भाषामा ‘हाइपरहाइड्रोसिस‘ भनिन्छ। हाइपरहाइड्रोसिस विशेष गरी ११ वर्षको उमेर देखि सुरु हुन्छ र सँधै भरी नै रहिरहन्छ। यसको कुनै उपचार भने छैन तर यसलाई कम गर्न भने पक्कै पनि सकिन्छ। सँधै हातबाट बेकाममा पसिना आएर सताइरहन्छ भने यसो गर्नुहोस् त, अलिकति भएपनि तपाईँको समस्यामा कम हुन सक्छ।
१. चिसो पानीले हात धुनुहोस्
पसिनायुक्त हात यत्तिकै सुक्दैन, त्यसैले उक्त हातलाई आफैले सफा गर्नुपर्दछ। साधारण व्यक्तिले भन्दा धेरै मात्रामा नै हात धुनु जरुरी हुन्छ। तर हात धुँदा साबुन पानीले नधुनुहोस्, किनभने साबुनले तपाइँको हातलाई अझै धेरै सुख्खा बनाउँदछर झन् बढी पसिना आउँन टेवा पुग्दछ। अनि हात धोइसकेपछि सुख्खा र सफा कागजको रुमालले पुछ्ने गर्नुहोस्।

सँधै पानी उपलब्ध नहुने ठाउँ छ भने, आफ्नो साथमा ‘अल्कोहल बेस्ड ह्याण्ड स्यानिटाइजर‘ राख्ने गर्नुहोस्। अल्कोहलको हलुका छिर्काले पसिनालाई एकछिन भएपनि सुकाउन मद्धत गर्दछ।
आफ्नो साथमा सँधै पेपर टावल ९एबउभच तयधभ०ि राख्ने बानी बसाल्नुहोस्, कसैसँग हात मिलाउनु छ भने उक्त टावलले पुछ्नुहोस्, किनभने पसिनाबाट किटाणुहरू सर्ने सम्भावना हुन्छ।
२. हातलाई चिसो बनाइराख्नुहोस्
धेरैजसोको हातमा पसिना आउने कारण भनेको उनिहरूको शरीरमा बढी तापक्रम हुनाले हो, त्यसैले तपाइँ घर अथवा अफिसमा हुँदा पङ्खा लगाउनुहोस् र शरीरलाई सकेसम्म चिसो राख्नुहोस्। शरीरलाई तातो हुन नदिनको लागि तातो पेय पदार्थहरू नपिउनुहोस्, जस्तै कफीको सेवन बन्द गर्नुहोस्, चिया सकेसम्म कम खानुहोस्।
३. हातमा हलुका पाउडर छर्किनुहोस्
यदि तपाईँ घरमा हुनुहुन्छ र हातमा हलुका सेतो पाउडर लगाउन समस्या हुँदैन भने नहिच्किचाउनुहोस्। पाउडरले पसिनालाई सोस्दछ र विहान व्यायाम गर्दा पनि सजिलो गराउँदछ।
– यस्तो किसिमको पाउडर लगाउन सक्नुहुन्छ।
– बेबि पाउडर, सुगन्धीत अथवा सुगन्ध नभएको दुवै प्रयोग गर्न सक्नुहुन्छ।
– बेकिङ्ग पाउडर अथवा मकैको पीठोको पनि प्रयोग गर्न सक्नुहुन्छ।
– पसिनालाई कम गर्न चाहनुहुन्छ भने यी कुराहरूमा ध्यान दिनुहोस्।
– हातमा लगाउने पन्जाको प्रयोग नगर्नुहोस्।
– पेट्रिलियमबाट बनेको लोसनहरूको प्रयोग नगर्नुहोस्।
– तातो पेय पदार्थको सेवन नगर्नुहोस्।
– घाममा हिँड्दा छाताको प्रयोग गर्नुहोस्।
– लुगाको रुमालको सट्टा कागजको रुमाल प्रयोग गर्नुहोस्।
– हातले कपालमा नछुनुहोस्, किनभने कपालले अत्याधिक मात्रामा घर्षण गराउँदछ र तापक्रम बढाउँदछ।


