नेपाल,भारत र भुटान सम्मिलित त्रि-देशिय कार रयाली धनकुटामा
धनकुटा खबर, फागुन १८ । नेपाल भारत र भुटानको त्रि–देशिय पर्यटन प्रवद्र्धन गर्न १४ गतेबाट देखि जारी कार ¥याली प्रतियोगिता धनकुटामा आईपुगेको छ ।
भारत स्थित सिलगढीको सिटी सेन्टरबाट शुरु भएको उक्त ¥याली भारत र भुटानको बिभिन्न स्थान परिक्रमा पछि नेपाल–भारत सिमाना रहेको ईलामको पशुपति नगर हुंदै झापा,मोरङ्ग,सुनसरी पछि धनकुटाको हिलेमा बुधबार अपरान्ह आईपुगेको हो ।
प्रतियोगिताका सहभागिहरुलाई धनकुटाको हिलेमा भब्य रुपमा स्वागत गर्ने क्रममा आयोजनक संस्था नेशनल अट्टोमोवाईल एशोसियसन(नासा) र उद्योग बाणिज्य संघ धनकुटाले संयुक्त रुपमा पत्रकार सम्मेलन गरेर प्रतियोगता सम्बन्धि जानकारी दिईएको छ ।

बुधबार हिलेमा उद्योग बाणिज्य संघ धनकुटाद्वारा गरिने भब्य स्वागत कार्यक्रम र एक रातको बसाई पछि पुनः सिलगढीमा पुगेर १९ गते ¥याली समापन गरिने नासाका अध्यक्ष कविन श्रेष्ठले जानकारी दिए ।

‘सहासिक खेल पर्यटन प्रवद्र्धन र बिकासको पूर्वाधार,शान्ति,एकता र समाजिक न्याय नयाँ नेपालको आधार’भन्ने मुल नाराका साथ शुरु भएको उक्त ¥यालीमा नेपालको ५ सहित भारत भुटानका गरी ५७ वटा साना कारहरुको सहभागिता रहेको श्रेष्ठले जानकारी दिए ।
समापन कार्यक्रम संगै ट्राफिक नियम पालना गरी समय,गति र दुरीको आधारमा बिजेता हुने प्रथम,द्वितिय र तृतीय कार ¥यालीका बिजेताहरुलाई क्रमश नगद रु एक लाख,५० हजार र २५ हजार नगद भारु प्रदान गरिनेछ ।

तस्वीर: कोशि राजमार्गको धरान–धनकुटा आत्मारा स्थित ¥यालीमा सहभागि कारहरु र पत्रकार सम्मेलन

