स्ववियु निर्वाचनः जालपा देवी क्याम्पस र हिले क्याम्पसमा अनेरास्वबियु बिजयी (फोटो फिचर सहित)

धनकुटा खबर, फागुन १८ । आजका लागि तय भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन अन्तर्गत पाख्रिबास जालपादेवी र हिले क्याम्पसमा निर्वाचन सम्पन्न भएको छ ।

यी दुई क्याम्पस मध्ये हिले क्याम्पसमा अनेस्ववियूले जीत हासिल गरेको छ । निर्वाचनमा खसेको कुल मत मध्ये प्रत्यक्षमा ६ र समानुपातिकमा २ सिट गरी जम्मा ८ सिटमा विजयी हुंदै अनेरास्यवियूले जितेको हो । अनेरास्यवीयू का नईन्द्र वहादुर राईले ४६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्दि विवश पोखरेलले २३ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै ४६ मत नैल्याउदै सचिववमा सरोज तामाङ्ग,कोषाध्यक्षमा ४७ मत प्राप्त गर्दै आरती तामाङ्ग,सदस्यहरुमा ४८ मत प्राप्त गर्दै प्रदिप तामाङ्ग,४९ मत प्राप्त गर्दै अरुण विक्रम शाही र ४७ मत प्राप्त गर्दै प्रतिमा तामाङ्ग विजयी भएकाछन् ।

विजयी समूहका प्रतिद्धन्दि विवस पोखरेलको समूहका सचिव शिव वजगार्यले २१,कोषाध्यक्ष वर्षा नेपालले २१,सदस्यहरु सावल मल्ल ठकुरी र प्रज्वल श्रेष्ठले २०र२० र रिता दाहालले १९ मत प्राप्त गरेको विद्यालयका शिक्षक दिपक घिमिरेले जानकारी दिनुभयो ।

त्यस्तै समानुपातिक तर्फ अनेरास्यवियूले ४६ मत प्राप्त गर्दे २ सिट हासिल गरेको छ भने नेपाल विद्यार्थी संघले १४ मत प्राप्त गर्दै १ सिट हाँसिल गरेको छ । निर्वाचनमा खसेको कूल ७० मत मध्ये प्रत्यक्ष तर्फ १ र समानुपातिक तर्फ ३ गरी जम्मा ४ मत वदर भएको थियो । हिले क्याम्पसमा नेविसं र क्रान्तिकारीले संयुक्त समूह वनाई निर्वाचनमा भाग लिएका थिए ।

उता पाख्रीवास जालपा देवी क्याम्पसमा पनि प्रत्यक्ष तर्फ अनेरास्यवियूले नै जित हासिल गरेको विद्यालयमा निमित्त क्याम्पस प्रमुख रञ्जित गुरागाईले जानकारी दिनुभयो । जसअनुसार अनेरास्यवियूका अध्यक्ष सावित्रा घिमिरेले निर्वाचनमा खसेको कूल ३४ मत मध्ये ३२ मत ल्याउदै विजयी हुनुभएको छ ।

त्यस्तै सचिवमा अमित राई र्निविरोध चयन हुनुभएको छ भने कोषाध्यक्ष र सदस्यमा क्रमश यशोदा कार्की र रेवतराम पौडेल रहेकाछन् । अन्य वाँकी पदाधिकारीहरु आजका निर्वाचित टोलिले छनौट गर्ने जनाईएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।