धनकुटाको टुंडिखेल अन्तराष्ट्रिय मापदण्डको हुँदै
धनकुटा खबर, फागुन २२ । धनकुटाको ऐतिहासिक महत्व बोकेको तल्लो टुडिखलको स्तर उन्नती गरेर अन्तर्राष्टिय स्तरको खेल मैदान बनाउने भएको छ ।
स्तर उन्नतीका लागि धनकुटा नगरपालिकाले चालु आर्थिक बर्ष ०७३÷०७४ मा ७७ लाख रुपैया खर्च गर्ने भएको छ ।
हाल एक सय मिटर लम्बाई र ६५ मिटर चौडाई रभएको उक्त टुंडिखेल स्तरउन्नती पछि एक सय पाँच मिटर लम्बाई र ७० मिटर चौंडाईको बन्ने नगरपालिकाका इञ्जिनियर मिङ्मा शेर्पाले जानकारी दिए ।

हाल करिव ४ हजार दर्शक अट्ने क्षमता रहेको प्याराफिटलाई १० हजार दर्शक अट्ने क्षमताको बनाइने पनि शेर्पाले जानकारी दिए ।
स्तर उन्नतिका लागि टेन्टर आब्हान गरिसकेको नगरपालिकाले दुई महिना भित्र काम सम्पन्न गरिसक्ने नगरपालिकाका कार्यकारी अधिकृत तिर्थ धितालले जानकारी दिएका छन् ।
राणाकालीन् समयमा निर्माण गरिएको उक्त एक मात्र ऐतिहाँसिक टुडिखेलको मर्मत सम्भार नहुँदा खेलाडीहरु धुलाम्मे मैदानमा फुटवल लगाएत अन्य खेल खेल्न वाध्य रहेका छन् ।

