भारतीय हस्तक्षेपविरुद्ध सीमा क्षेत्रमै प्रदर्शनमा उत्रिए सयौं युवा, भारतीयका पसल र गाडी तोडफोड

महेन्द्रनगर, २७ फागुन । भारतीय सुरक्षाकर्मी (एसएसबी)को गोली लागेर गोविन्द गौतमको मृत्यु भएपछि नेपाल भारत सीमा क्षेत्रमा प्रदर्शन भएको छ ।

गौतमले ज्यान गुमाएको कञ्चनपुरको आनन्दबजार नजिकैको सीमा नाका शुक्रबार विहानै संयौ नेपाली युवाहरु भारतीय ज्यादतिविरुद्ध राष्ट्रिय झन्डा बोकेर प्रदर्शनमा उत्रिएका हुन् ।

प्रदर्शनमा उत्रिएका युवाले भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल जलाइदिएका छन् । भारतीयले नेपाली भूभागमा सञ्चालन गरेका पसल तोडफोड गरिदिएका छन् ।

घटनाको विरोधमा कैलालीको गौरीफन्टा नाकामासमेत शुक्रबार बिहानैदेखि सयौं नेपाली युवाले प्रदर्शन गरिरहेका छन् । अप्रिय घटना हुन नेपाल प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरिरहेको छ । उता भारतीय प्रहरीहरु सीमा क्षेत्रमा अलर्ट भएर बसेका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम रावलका अनुसार सीमा नाकामा करिब ८ युवा प्रदशर्नमा उत्रिएका छन् ।

पुनर्वास–८, आनन्दबजारनजिक सीमामा निर्माणाधीन कल्भर्टबारे विवाद हुँदा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागी बिहीबार पुनर्वास–८ आनन्दबजार निवासी ३० वर्षीय गोविन्द गौतमको मृत्यु भएको थियो । भारतीय सुरक्षाकर्मीले नेपाली भूभागमा घुसेर नेपालीमाथि गोली चलाउँदा ६ जना घाइते छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।