महिला उद्यमीहरुको क्षमता बिकास गर्न धनकुटामा बृहत महिला लघु उद्यामी भेला
धनकुटामा २ दिन बृहत महिला लघु उद्यामी भेला
धनकुटा खबर, फागुन २७ । सल्भ नेपाल धनकुटाले २ दिन बृहत लघु उद्यमी महिला भेलाको आयोजना गरेको छ ।
आफ्नो स्थापनाको २७ औं बार्षिक उत्सवको अबसरमा आयोजना गरिएको उक्त कार्यक्रमको पूर्व बाणिज्य तथा आपुर्ति मन्त्री सुनिल बहादुर थापाले उद्घाटन गर्नुभयो ।
शुक्रबार र शनिबार सम्म चल्ने उक्त भेलामा संस्थाद्वारा सन्चिालत लघुवित्त कार्यक्रममा आवद्ध पूर्वी पहाडी ५ जिल्लाका ३ सय महिलाहरुको सहभागिता रहने संस्थाका कार्यकारी निर्देक राजेन्द्र प्रधानले जानकारी दिनुभयो ।

महिला उद्यामीहरुद्वार उत्पादित बस्तुहरुको बजार प्रवद्र्धन गर्दै महिला उद्यमीहरुको क्षमता बिकास गर्न आयोजना गरिएको उक्त कार्यक्रममा महिला उद्यामीहरुले उत्पादन गरेका सामाग्रहरुको प्रर्दशन गर्ने र महिला उद्यामीहरुलाई उद्यामशिलता बारेमा प्रशिक्षण तथा तालिम दिईने श्रेष्ठले जानकारी दिनुभयो ।

२०४८ सालमा गैर सरकारी संस्थाको रुपमा स्थापना भई २०५८ सालबाटे लघुवित्त कार्यक्रम शुरु गरेको यस संस्थामा हाल धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा र पाँचथरका २५ हजार ८ सय २० महिलाहरु आवद्ध रहेको संस्थाका अध्यक्ष नारायण जोशिले जानकारी दिनुभयो ।

धनकुटामा मुख्य कार्यालय रही हाल १७ वटा केन्द्रबाट ३ अर्व २८ करोड ऋण प्रवाह गरेको संस्थाले भेलाको अबसरमा १७ केन्द्र सहित केन्द्र अन्तर्गतका १ सय ५४ जना केन्द्र संयोजक र लघु उद्यमी महिलाहरुलाई पुरस्कृत गरेको छ ।
सो अबसरमा पूर्व मन्त्री थापाले लघु उद्याम कार्यक्रमले आर्थिक क्षेत्रबाट महिलाहरुलाई श–शक्तिकरण गर्न सहयोग पु¥याएको बिषयमा चर्चा गर्नुभएको थियो ।

तस्वीर: लघु उद्यमी महिला भेला कार्यक्रम र भेलामा बिभिन्न जिल्लाका महिला उद्यामीहरुले उत्पादन गरेका सामाग्रीहरु अवलोकन गर्दै कार्यक्रका सहभागिहरु

