बिरोधमा छथर गाबिसको नयाँ कार्यालय स्थापना, सचिवहरुलाई अविरजात्रा गरेर कार्यालयमा भित्रयाईयो

धनकुटा खबर, फागुन ३० । धनकुटाको छ थर गाउँपालिका अन्तर्गत साबिक ३ गाबिसका असन्तुष्ट जनताहरुले जिल्लाको जोरपाटी बजारमा छथर गाबिसको कार्यालय स्थापना गरेका छन् ।

मन्त्री परिषदको निर्णय अनुसार स्थानिय बिकास मन्त्रालयले छथर गाबिस अन्तर्गत पर्ने हात्तिखर्क, परेवादिन, तेलिया र ताँखुवाको कार्यालय ताँखुवा गाबिसको काजिमाने बजारमा कार्यालय राख्न जिल्ला समन्वयन समितिलाई परिपत्र गरेको थियो ।

तर उक्त निर्णय यस अघि सर्बदलिय समितिले गरेको निर्णय बिपरित भएकोले सोमबार हात्तिखर्क, परेवादिन, तेलिया बिसका जनताहरुले उक्त कार्यालय स्थापना गरेको सर्वदलिय समितिका असंयोजक मेघेन्द्र गुरुङले जानकारी दिनुभयो ।

सोमबार ती गाबिसका जनताहरुले साबिक ताँखुवा ९ हाल २ नं.वडामा रहेको जोरपाटीमा कार्यालय स्थापना गरी ४ वटै गाबिसका गाबिस सचिवहरुलाई अविरजात्रा गरेर कार्यालयमा भित्राएका छन् ।

नयां राज्य पुनः संरचना अन्तर्गत धनकुटालाई धनकुटा,पाख्रिबास,महालक्ष्मि नगरपालिका र खाल्सा,चौबिसे र छथर गाउँपालिका गरी ७ वटा संरचनामा बिभाजन गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।