पाख्रीबास नगरपालिका डिकुरेका अग्नी पीडित तामाङ्ग परिवारलाई ३८ हजार २ सय ९५ रुपैयाँ सहयोग
धनकुटा खबर, चैत ३ । पाख्रीबास नगरपालिका वडा नं ९ डिकुरेका अग्नी पीडित वीर वहादुर स्याङ्गदान तामाङ्गको परिवारलाई ३८ हजार २ सय ९५ रुपयाँ रकम सहयोग गरिएको छ ।
नेपाल तामाङ्ग घेदुङ्ग जिल्ला कार्य समिति धनकुटाले आज एक कार्यक्रमको आयोजना गरी तामाङ्गलाई उल्लेखित सहयोग रकम प्रदान गरेको हो ।
सहयोग रकम नेपाल तामाङ्ग घेदुङ्गका जिल्ला अध्यक्ष सिताराम थिङ्गले हस्तान्तरण गर्नुभएको थियो । सहयोगका लागि घेदुङ्गका केन्द्रिय सदस्य लालचन्द्र गोङ्गवावटा एक हजार २० रुपयाँ,पूर्व केन्द्रिय सदस्य वीर वहादुर तितुङ्गवाट एक हजार २० रुपयाँ,राष्ट्रिय वाणिज्य वैंक हिलेवाट एक हजार,हिले पोलिक्लिनिकवाट एक हजार दश,माडे संघ हिलेवाट एक हजार एक सय रुपयाँ र वाँकी रकम अन्य व्यक्तिहरुवाट संकलन गरिएको घेदुङ्गका पूर्व केन्द्रिय सदस्य वीर वहादु तितुङ्गले वताउनुभयो ।
सहयोग रकम संकलन कार्यमा घेदुङ्गका पूर्व जिल्ला अध्यक्ष चिन्तन तामाङ्ग,प्रदेश नं १ का सचिव निरन तामाङ्ग, घेदुङ्गका निवर्तमान अध्यक्ष कृष्ण तितुङ्ग लगायतको सक्रिय सहभागीता थियो ।
पीडित तामाङ्गको गत फागुन १९ गते विद्युत सर्ट भई घरमा आग्लागी हुदाँ घर सहित सम्पूर्ण सरसामान जलेर नष्ट भएको थियो ।

