‘शिप भए सफल हुन अपांगताले छेक्दैन’

धनकुटा खबर । धनकुटा पाख्रीबासका २९ वर्षीय जुना घिमिरे शिप भए आपांगता भएका ब्यक्ति पनि आत्मनिर्भर हुन सक्छन् भन्ने धनकुटाका एक उदाहरण हुन् ।

१९ बर्ष पहिले खुट्टा सम्बन्धि अपांगता भएकी उनले उनले पछिल्लो १३ बर्ष देखि सल्लाको मसिनो पात (सलिपीर) वाट विभिन्न किसिमका सजावटका सामाग्री बनाएर मनग्य आम्दानी गर्दै आइरहेकी छिन् ।

२०६० सालमा अपाङ्ग सेवा संघ धनकुटाबाट सलिपीरको सामाग्री बनाउने सीपमूलक तालिम पाएका उनले अहिले त्यसबाट बनेको समान बेचेर मनग्गे आमदानी गर्न सफल मात्र भएकी छैनन् आफ्नो उपचारका लागि आफैं खर्च जुटाउन सक्ने भएकी छिन् ।

‘यो शिपले मलाई आत्मसम्मानका साथ बाँच्न सघाएको छ’, ‘मासिक रुपमा काठमाण्डौ उपचार गर्न जाने पैसाको लागि पनि कसैको भर पर्नुपरेको छैन ।’ – जुना घिमिरे

१० वर्षको उमेरमा देब्रे खुट्टामा समस्या आएपछि शारिरीक रुपमा अपांगता भएकी उनले आफूले सीपमुलक तालिम पाएपछि हाल धनकुटा नगरपालिका वडा नं. ३ कचिडे स्थित सल्लेरी वन नजिकै डेरा लिएर पनि सजावटका सामाग्री उत्पादन गर्दै आएकी छिन् ।

‘यो शिपले मलाई आत्मसम्मानका साथ बाँच्न सघाएको छ’,उनले भनिन्, ‘मासिक रुपमा काठमाण्डौ उपचार गर्न जाने पैसाको लागि पनि कसैको भर पर्नुपरेको छैन ।’

उनले अहिले ८० रुपैंया देखि देखि १ हजार ५ सय रुपैयाँ सम्म पर्ने सल्लाको पातबाट टि–म्याट, गमला, घैला, करुवा, ठेकी, पिजंडा, तोङ्गवा, घडी फुलदानी जस्ता दजनौ जावटका सामाग्री बनाएर धनकुटा लगाएत इटहरी, विराटनगर, चितवन, काठमाडौं सम्म बेच्ने गरेको बताईन् ।

सजावटका सामाग्री वनाउँदा धागो वाहेक अन्य कच्चा पदार्थमा खरिद गर्न नपर्ने यस्ता समाग्रीको एकल बजार भएका कारण यसबाट उनले मासिक १० देखि १५ हजार रुपैया सम्म आम्दानी गर्ने गरेको घिमिरेले बताईन् ।

घिमिरेलाई जिल्ला विकास समिति धनकुटाले २०६९ सालमा हस्तकला उद्योगतर्फ जिल्ला कै उत्कृष्ट उद्यमीको रुपमा समेत पुरस्कृत गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।