धनकुटाका उद्यमी तथा ब्यबसायीहरुलाई पहिलो पटक शेयर शिक्षा
धनकुटा खबर, चैत ८ । धनकुटामा पहिलो पटक शेयर कारोबारका बिषयमा प्रशिक्षण दिएको छ ।
काठमाण्डौको सिन्धुज्वाला हाईड्रोपावर लिमिटेडको आयोजना तथा उद्योग बिणिज्य संघ धनकुटाको सम्न्वयनमा धनकुटाका उद्यमी तथा ब्यबसायीहरुलाई प्रशिक्षण दिईएको हो ।

लिमिटेडद्वारा सिन्धुपाल्चोकमा सन्चालनमा आउन लागेको अपर नेशन खोला जलबिद्युत आयोजना निर्माणका लागि शेयर संकलन गर्ने उदेश्यले उक्त कार्यक्रको आयोजना गरिएको हो ।
‘जलबिद्युत बिकासमा हाम्रो योगदान बिषयक चर्चा र शेयर शिक्षा’ बिषयक उक्त एक दिवसिय छलफ तथा अन्तरक्रिया कार्यक्रम पूर्वका बिभिन्न जिल्ला पछि धनकुटामा पनि आयोजना गरिएको हो ।
कार्यक्रममा लिमिटेडका प्रशासकीय अधिकृत प्रभुलाल शाहले संस्थापक शेयर,अग्राधिकार शेयर र सर्वसाधारणका लागि जारी शेयरमा आधारित रहेका शेयर बजार,प्राथमिक शेयर,दोस्रो बजार तथा शेयर सम्पितीका बिषयमा प्रशिक्ष दिएका थिए ।
कार्यक्रममा शाहले २०७७ असार मसान्त सम्ममा ६ सय ६० करोड लागतमा सन्चालनमा आउन लागेको ४३ मेगावाट क्षमताको नेशम खोला जलबिद्युतका बारेमा जानकारी दिए ।
आयोजनाका लागि ६ हजार सर्वसाधारणको शेयर संकलन गर्ने लक्ष अनुसार गएको ३ महिनाको अन्तरालमा देशभरीबाट ९ सय जनाले शेयर खरिद गरेको कार्यत्रलममा जानकारी दिईएको छ ।
निर्माण चरण सकिएपछि ८ बर्ष सम्म १ सय २९ करोड र त्यसपछि थप नाफामा जाने भएकाले आयोजना सम्पन्न हुनपूर्व संस्थाले अधिकतम ५० लाख सम्मको शेयर खरिद खुल्ला गरेको कार्यक्रममा जानकारी दिएको छ ।

