सहकारीका महिलाहरुलाई लेखा तालिम
धनकुटा खबर, चैत २४ । संस्थाको आर्थिक गतिबिधिमा सहयोग पुर्याउने उदेश्यले धनकुटाका साबिक १३ गाबिसका सहकारीमा आवद्ध महिलाहरुलाई ७ दिने लेखा तालिम दिईएको छ ।

महिला तथा बालबालिका कार्यालय धनकुटाले आफ्नो मातहतमा सन्चालित महिला बचत तथा ऋण सहकारीका २० जना महिलाहरुलाई लेखा ब्यबस्यापन सम्बिन्धि तालिम दिएको हो ।
२२ गते देखि शुरु गरिएको उक्त तालिम डिभिजन सहकारी कार्यार्यालय धनकुटाका बिज्ञहरुद्वारा लेखा प्रणलीको ४ खाता अन्तर्गत आमदानी,खर्च,सम्पत्ति र दायित्वको बारेमा तालिम दिईने कार्यालयका महिला निरीक्षक मनकुमारी लिम्बुले जानकारी दिनुभयो ।
कुल १ करोड ९९ लाख २७ हजार बजेट रहेको महिला बिकासले चालु आर्थिक बर्ष ०७३÷०७४ मा क्षमता बिकासको बिभिन्न ४ शिर्षकमा ५३ लाख ८६ हजार खर्च गर्ने महिला बिकास अधिकृत मन्जु लोहनीले जानकारी दिनुभयो ।

