हिलेका युवाहरुको सक्रियतामा ५० लाखमा कबड हल

धनकुटा खबर, चैत २४ । धनकुटा हिले बजारका यूवाहरुले आफ्नै सक्रियतामा ५० लाख लागतमा कवड हलको निमार्ण शुरु गरेका छन् ।

गुराँसे टि–स्टेटको ६ रोपनी जमिनमा ३० बर्षे भोगचलन सम्झौतामा सन्चालनमा आउन लागेको उक्त कवड हल ब्याटमिन्टन कल्व हिले बजारका ३० यूवाहरुको सक्रियतामा निर्माण गर्न लागिएको हो ।

उक्त हल निर्माणका लागि यूवाहरुले हिले बजारमा मिनी मेला, हाउजी बिङ्गो खेल खेलाएर रकम संकलन गरेको निर्माण समितिका अध्यक्ष राम बहादुर गोङ्वाले जानकारी दिए ।

गएको फागुनमा पूर्व बाणिज्य तथा आपूर्ति मन्त्री सुनिलबहादुर थापाले शिलान्यास गरी निर्माणाधिन उक्त भवन जेठ अन्तिम देखि सन्चालनमा आउने गोङ्वाले जानकारी दिए ।

६ सय सिट क्षमताको हुने उक्त हल बनेपछि सम्पूर्ण ईनडोर खेलहरु हिलेमा नै आयोजना गर्न सकिने समितिले जानकारी दिएको छ ।

तस्वीर: निर्माणाधिन कवड हल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।