मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड

काठमाडौँ, २९ चैत । सरकारले वैशाख १ गतेबाट निःशुल्क मिर्गौला प्रत्यारोपण सेवाका लागि रु डेढ करोड छुट्याएको छ ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाले विश्व मिर्गौला दिवस (फागुन २६) मा सरकारले मिर्गौला रोगीलाई निःशुल्क मिर्गौला प्रत्यारोपण गर्ने घोषणा गर्नुभएको थियो ।

रासससँग कुरा गर्दै मन्त्री थापाले भन्नुभयो, “चालु आर्थिक वर्षका लागि मात्र उक्त रकम छुट्याइएको हो । आवको अन्त्यसम्म हुने मिर्गौला प्रत्यारोपणमा अपुग भएको रकम पुनः छुट्याइने छ ।” सरकारले यसअघि नै मिर्गौला रोगीका लागि निःशुल्क डायलासिस सेवा पनि निःशुल्क गरिसकेको छ ।

निःशुल्क उपचार गर्दा सरकारले आर्थिक भार थेग्न सक्दैन भन्ने आएका टिप्पणीबारे मन्त्री थापाले सरकारले स्वास्थ्यमा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार नै बजेट छुट्याउने र स्वास्थ्यकर कोषको रकम पनि स्वास्थ्यमा खर्च गरे समस्या नआउने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖