प्रथम पाँचथर गोल्ड कप फुटबल आजबाट सुरु
फिदिम, बैशाख २ – प्रथम पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको आज हुने उद्घाटन खेलमा आयोजक पाँचथर क्लब र एपिएफ पूर्वाञ्चलबीच प्रतिस्पर्धा हुनेछ ।
फिदिम उच्च मावि खेल मैदान सांसद भिष्म राज आङदेम्बेले प्रतियोगिताको उद्घाटन गर्ने आयोजकले बताएका छन् ।
बैशाख ९ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा भिड्ने दुई टोलीबाहेक विर्ता युनाइटेड झापा , पथरी स्पोर्टिङ क्लब मोरङ ,मिसन युनाइटेड ताप्लेजुङ , डिएफसि मोरङ , रेडहर्स इलाम छन् ।
आयोजकले शुक्रबार पत्रकार सम्मेलन गर्दै टोलीको नाम सार्वजनिक गरेको थियो । पाँचथरका विभिन्न गाविसबाट खेलाडी छनोट गरि तयार पारिएको बताइएको थियो ।
प्रतियोगिताको विजेता टोलीले उपाधिसहित १ लाख ५० हजार तथा दोस्रो हुने टोलीले १ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
पाँचथरको फिदिम गत पुसमा भएको आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि विर्ता युनाइटेड झापाले जितेको थियो ।


