फेरि देखियो स्वाइन फ्लु

काठमाडौँ, ४ वैशाख । गर्मीयामको सुरुआतसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा ज्वरोको उपचार गर्न आएका ३० वर्षीय एक युवकमा स्वाइन फ्लु पुष्टि भएको छ ।

अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले युवकमा उक्त रोगको भाइरस पुष्टि भएको जानकारी दिनुभयो । नेपालमा गत वर्षको बर्खायाममा स्वाइन फ्लुको भाइरस देखिए पनि यस पटक निकै अगाडि देखिएको डा पुनको भनाइ छ । गत फागुनमा पनि टेकु अस्पतालमा दुई व्यक्तिलाई स्वाइन फ्लु भएको पुष्टि भएको थियो ।

उहाँले भन्नुभयो, ‘‘अहिले भारतका विभिन्न स्थानमा कडा खालको स्वाइन फ्लु देखिएको छ । त्यसको असर नेपालमा पर्न सक्ने पनि धेरै सम्भवना रहन्छ । त्यसका लागि पनि सजग हुन आवश्यक छ ।”

डेढ हप्ताअघि रुघाखोकी र लामो समयसम्म ज्वरो आएर उपचार गर्न आएका ती बिरामीलाई स्वाइन फ्लुको शङ्का लागेर जाँच गर्दा भाइरस भएको पुष्टि भएको हो । डा पुनले प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई सो भाइरसले छिटो प्रभाव पार्ने भएकाले यसको भ्याक्सिन यस्ता व्यक्तिलाई समयमै लगाउन सके जोखिमबाट बच्न सकिने बताउनुभयो ।

खोकी लागिरहने, घाँटी खसखसाउने, १० दिनभन्दा बढी समयसम्म कडा ज्वरो आउने, बालबालिकामा ज्वरोसँगै बान्ता हुने र पखाला लाग्ने भएमा स्वाइन फ्लु भएको हुन सक्ने भएकाले यस्तो लक्षण देखिनेबित्तिकै जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ ।

स्वाइन फ्लु सरुवा रोग एकार्कामा छिटो सर्ने भएकाले सार्वजनिक ठाउँमा जाँदा मास्क लगाउने, खोक्दा वा हाछ्युँ गर्दा रुमालले मुख छोप्ने, साबुन पानीले हातमुख धुने, झोलिलो खानेकुरा खाने र स्वाइन फ्लु शङ्का लागेमा बेलैमा परीक्षण गरी सतर्कता अपनाउन सकिने बताइएको छ ।

पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖