यसरी थुनियो अरुण नदी !, प्रकोपबाट सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह (भिडियो सहित)
धनकुटा खबर, वैशाख ८ । संखुवाभाको भोटखोला गाउँपालिकामा अरुण नदी थुनिएको विषयको ध्यानाकर्षण गर्दै जिल्ला प्रशासन कार्यलयले सम्वन्धित प्रकोपबाट सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समिति धनकुटाको आज वसेको वैठकले कोशी नदी किनारमा वासोवास गर्ने धनकुटा,भोजपुर र संखुवासभाका सर्वसाधारणहरुलाई सचेत रहन आग्रह गरेको हो ।
अरुण नदी दुई दिनदेखि थुनिएपछि एक्कासी फुट्दा आउने बाढीले क्षति गर्ने भएकाले सर्तक रहन आग्रह गरेको हो । तर पछिल्लो समय थुनिएको पानी विस्तारै वग्न थालेको स्थानीय प्रशासनले जनाएको छ ।
ईमेजखबरबाट सौजन्य भिडियो हेर्नुहोस्

