आर्थिक रुपले विपन्न व्यक्तिका लागि मुटु रोगको निःशुल्क उपचार सेवा सुरु

फाईल फोटो

बुटवल, १३ वैशाख । आर्थिक रुपले विपन्न व्यक्तिका मुटुको उपचारको लागि सरकारले दिने निःशुल्क सेवा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा पनि उपलब्ध हुने भएको छ ।

गरिब तथा विपन्न व्यक्तिका मुटुको उपचारमा रु एक लाखसम्मको उपचार निःशुल्क गर्ने सरकारको निर्णयअनुरुप मुटु यस्तो सेवा उपलब्ध गराइएको सो अस्पतालले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयले निःशुल्क मुटुको उपचारका लागि सो अस्पताललाई सूचीकृत गरेपछि बुटवलबाटै पनि गरिब तथा विपन्न व्यक्तिले सरकारको उक्त सुविधा लिन पाउने भएका हुन् । निःशुल्क सेवा उपलब्ध गराउने विषयमा स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा र सो अस्पतालबीच सम्झौतासमेत भएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिनुभयो ।

विभिन्न जिल्लाका जिल्लास्तरीय विपन्न नागरिकलाई औषधि उपचार सिफारिस समितिको सिफारिसका आधारमा अस्पतालले रु एक लाखसम्म निःशुल्क सेवा उपलब्ध गराउने छ । काठमाडौँका विभिन्न अस्पतालबाट उक्त सेवा प्राप्त भए पनि पश्चिम क्षेत्रमा भने निःशुल्क सेवा उपलब्ध गराउने गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पहिलो अस्पताल बनेको हो । अस्पतालमा सोमबारदेखि क्याथल्याब सेवासमेत सञ्चालन भएको छ ।

अस्पतालले विगत चार महिनादेखि मिर्गौलाका बिरामीलाई निःशुल्क डायलाइसिस सेवा पनि प्रदान गर्दै आएको छ । सत्रवटा मेसिनबाट दैनिक ३५ देखि ४० बिरामीलाई निःशुल्क डाइलाइसिस सेवा उपलब्ध गराइरहेको यो युनिट काठमाडौँ बाहिरको सबैभन्दा ठूलो डाइलाइसिस युनिट रहेको अस्पतालको दाबी छ । अस्पतालमा अहिले १२७ बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क डाइलाइसिस सेवा लिइरहेका छन् ।

साथै अस्पतालले सिटी स्क्यानका लागि वटवलस्थित रोटरी क्लब अफ सेन्ट्रल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रलसँग सहकार्यका लागि सम्झौतासमेत गरिसकेको जनाएको छ । ती क्लबको सहयोगमा १२८ स्लाइसको सिटी स्क्यान सञ्चालनका लागि खरिद प्रक्रिया अगाडि बढाइएको अस्पतालले जनाइएको छ । उक्त उपकरण जडानपश्चात् मुटु र मिर्गाैलाको समेत सिटी स्क्यान बुटवलमै गर्न सकिने छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।