रेबिजको जोखिम बढेपछि गोठमा तारजाली लगाउन आग्रह

चितवन, १४ वैशाख । जिल्लामा रेबिज रोगको सङ्क्रमण बढ्ने सङ्केत देखिएपछि जिल्ला पशु सेवा कार्यालयले किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको छ ।

कार्यालयका अनुसार विगत एक महिनाको अन्तरालमा जिल्लामा रेबिज रोगका कारण चार वटा पशुको मृत्यु भएको छ । कार्यालयले गोठ सुधार कार्यक्रमअन्तर्गत व्यावसायिक रुपमा पशुपालन गर्दै आएका र अन्य किसानलाई गोठमा तारजाली लगाउन आग्रह गरेको हो ।

जिल्लामा बढी मात्रामा जङ्गलको छेउछाउमा पशुपालनका लागि गोठ बनाइनु र बढ्दो गर्मीका कारण रेबिज सङ्क्रमण बढ्न सक्ने भन्दै किसानलाई यस्तो आग्रह गरेको कार्यालयका प्रमुख डा डिल्लीराम सेडाईंले बताउनुभयो ।

गोठ खुल्ला हुँदा रेबिज रोग लागेका कुकुर, स्याललगायतका जनावारले पशु चौपायलाई टोक्ने र रेबिज रोग लाग्न सक्ने भन्दै गोठमा तारजाली लगाएर सुरक्षित गर्नका लागि आग्रह गरेको उहाँले बताउनुभयो ।

जिल्लामा अहिले रेबिजको सङ्क्रमण देखिन लागेपछि ४०० ‘डोज’ सुई प्रयोगमा आइसकेको कार्यालयले जनाएको छ ।

जिल्लामा व्यावसायिक गाई भैँसी पाल्ने कृषक फर्म ६९२ वटा रहेका छन् जहाँ चार हजार २०० गाई भैँसी व्यावसायिक रुपमा पालिएको छ । केही पशुको बिमा गरिएको भए पनि सबैको बिमा नभएको कार्यालयले जनाएको छ । यस्तै बाख्रा फर्म २२७, बङ्गुर फर्म २२०, कुखुरा फर्म २२७ र ह्यचरी १०३ वटा रहेको कार्यालयले जनाएको छ ।

व्यावसायिक पशुपालन गर्ने किसानको सङ्ख्यामा वृद्धि भए पनि बिमा गर्नेको सङ्ख्यामा भने उत्साहजनक सहभागिता नहुँदा किसान समस्यामा पर्ने गरेको कार्यालयले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖