नेपालमा ७.८ रेक्टरको भूकम्प आउन सक्ने बिबिसीको रिपोर्ट : ठूलो जनधनको क्षति हुने आंकलन (अडियो सहित)

काठमाडौं । नेपालको तीन विभिन्न क्षेत्रको भविष्यमा ठूलो भूकम्प जाने परिकल्पना गर्दै सरकार नेतृत्वको एक नयाँ अध्यनले भवन निर्माणको अवस्था अहिलेको जस्तो भए काठमाडौंमा ठूलो जनधनको क्षति हुने आंकलन गरेको छ ।

बिहिवार साँझ बीबीसी नेपाली सेवाले तयार पारेको रिपोर्टनुसार जापानी विज्ञसहितले गरेको अध्ययनले सन् २०१६ देखि सन् २०३० सम्ममा करिब ५० हजार मानिसको ज्यान जानेगरि ठूलो भूकम्प आउने उल्लेख छ । बीबीसी रिपोर्टअनुसार झण्डै पौने तीन लाख घर ध्वस्त हुने बताइएको छ ।

विज्ञहरुलाई भूकम्पिय प्रवृतिको आधारमा चार खण्डमा विभाजन गरेका छन् महाकालीदेखि कालीगण्डकी र मस्र्याङदीदेखि सुनकोसी र मेचीसम्म । लामो समयदेखि भूकम्प नगएको र ०७२ सालमा गएको भूकम्पको पूर्ण सञ्चित शक्ति निकास नभएकाले ठूलो भूकम्प जाने खतरा भएको बताइएको हो ।

सुन्नुहोस् बीबीसीको यो रिपोर्ट 

सदुरमध्यपश्चिम नेपाल, पश्चिम नेपाल र मध्ये नेपाल दक्षिण गरी तीन थरी सिनारियो भूकम्पको परिदृश्य विज्ञहरुले गरेका छन् । सदुरमध्यपश्चिम नेपालमा ८ दशमलव ६ रेक्टरको भूकम्प जाने बीबीसी रिपोर्टमा उल्लेख छ ।

यसलाई काठमाडौंलाई ठूलो असर भने नगर्ने उल्लेख छ । तर ७ दशमलव ८ रेक्टरको पश्चिम नेपाल र मध्य नेपाल दक्षिण परिदृश्य भूकम्पले राजधानीमा धेरै क्षति हुने बताइएको छ ।

(यो रिपोर्ट बीबीसी नेपाली सेवाबाट साभार गरिएको हो ।)



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।