नेपालको न्यायिक इतिहासमा पहिलो घटना : कांग्रेस-माओबादीका सांसदहरुद्वारा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता
सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेको छ।

कांग्रेस र माओवादी केन्द्रका २५१ सांसदले हस्ताक्षर गरी आइतबार संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गराएका हुन्। महाअभियोग प्रस्ताव दर्तासँगै कार्की निलम्बनमा परेकी छन्।
कार्की अनिवार्य अवकाश पाउनु एक महिनापनि बाँकी नहुँदा उनीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको हो। उनी जेठ २४ गते उमेर हदका कारण अनिवार्य अवकाश पाउँदैछिन्।
प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता भएको नेपालको न्यायिक इतिहासमा यो पहिलो घटना हो ।


