उम्मेदवारी फिर्ता लिन धम्की दिने तीन जना पक्राउ

चरिकोट, २२ वैशाख । स्थानीय तहको निर्वाचनमा दोलखाबाट उम्मेदवार बनेकालाई उम्मेदवारी फिर्ता लिन धम्की दिने नेपाल कम्युनिस्ट पार्टी (विप्लव) संग आवद्ध तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सदरमुकाम चरिकोटको एक चिया पसलबाट उनीहरुलाई आज पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (विप्लव) दोलखाका इन्चार्ज अर्जुन योगी, जिल्ला सेक्रेटरी राजन धनुके र सचिवालय सदस्य सरोज न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय, दोलखाका प्रहरी नायब उपरीक्षक रवीन कार्कीले बताउनुभयो ।

निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको उहाँले बताउनुभयो । प्रहरी नायब उपरीक्षक कार्कीले निर्वाचन बिथोल्नका लागि उम्मेदवारलाई धम्की दिने, पोस्टर टाँस्ने र सामाजिक सञ्जालमा निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरिएको बताउँदै निर्वाचन नसकिउन्जेलसम्म उनीहरुलाई छाड्ने सम्भावना नरहेको भन्नुभयो ।

आसन्न निर्वाचन नेपाल देश र नेपाली जनताका लागि मान्य नभएको भन्दै उनीहरुले उम्मेदवारी दिएकालाई फिर्ता लिन पत्राचारमार्फत धम्की दिएको प्रहरीको दावी छ । उम्मेदवारी फिर्ता नलिए जनकारबाही गरिनेसमेत पत्रमा उल्लेख गरिएको जनाएकोे छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।