चुनावको मुखैमा माओवादी केन्द्र र मालेलाई ठूलो धक्का : माओवादी केन्द्रका नेता समुह सहित मालेका सयौं नेता-कार्यकर्ता एमालेमा प्रवेश

‘एमाले देशभक्त र राष्ट्रियताका पक्षमा अडिग’ - ओली

काठमाडौ २२ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल सबैको साझा भएको बताउनुभएको छ ।

एमाले पार्टी कार्यालय धूम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्याक्रममा उहाँले एमाले देशभक्त र राष्ट्रियताका पक्षमा सधैँ अडिग र लोकतन्त्रको पक्षधर पार्टी भएकोे जिकिर गर्नुभयो ।

अर्काे प्रसङ्गमा उहाँले स्थानीय निर्वाचनमा राप्रपासँग तालमेल गर्नाको कारण स्थानीय आवश्यकता र राष्ट्रिय विषय हो भन्दै उहाँले यो देश बनाउनका लागि गरिएको तालमेल भएको बताउनुभयो ।

स्थानीय तहको चुनावमा काठमाडौं र ललितपुर महानगरमा राप्रपासँग गरिएको चुनावी तालमेल पार्टीलाई अझै बलियो बनाउन र देशलाई जिताउन गरिएको ओलीको भनाइ थियो ।

पार्टी प्रवेश

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता प्रा डा मुकुन्द गजुरेलसहितको समूह नेकपा एमालेमा प्रवेश गरेको छ । त्यस्तै नेकपा (माले) का वैकल्पिक पोलिटब्युरो सदस्य कपिल पोखरेल एक सय २५ सहित एमालेमा प्रवेश गर्नुभएको छ ।

यसैबीच काठमाडौँ महानगरपालिका र यहाँका अन्य नगरपालिकाका उम्मेदवारको सामूहिक परिचयात्मक कार्यक्रम आज सम्पन्न भएको छ । एमाले काठमाडौँ जिल्ला कमिटीले आयोजना गरेको र अध्यक्ष ओली एवं शीर्ष नेतासहित सहभागी सो कार्यक्रममा महानगरपालिकाका प्रमुखका उम्मेदवार विद्यासुन्दर शाक्य, उपप्रमुखका उम्मेदवार राष्ट्रिय प्रजातन्त्र पार्टीका राजाराम श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।