एमालेको ढिपीले मुलुक अप्ठ्यारोमा : नेता पौडेल

दमौली, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ ।

नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले काँग्रेसले मधेसवादी दलहरुलाई सहमतिमा ल्याउने प्रयास गरिरहेका बेला नेकपा (एमाले)को ढिपीले मुलुकलाई विखण्डनतर्फ धकेल्दै लगेको आरोप लगाउनुभयो ।

नेता पौडेलले भन्नुभयो, “अन्य पार्टीहरु मुलुकभित्र समस्या जन्माउन सक्छन् । त्यसको समाधान काँग्रेसले मात्रै गर्न सक्छ ।” कृषि, पर्यटन र जलस्रोतको क्षेत्रमा विकास गर्न सके युवाहरु रोजगारीका लागि विदेश जान नपर्ने बताउँदै उहाँले काँग्रेसले जिते मात्रै देशमा विकासको कायपलट आउने दाबी गर्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले पनि प्रमुख प्रतिपक्षी जिम्मेवार नहुँदा मुलुकमा भयावह स्थिति आएको आरोप लगाउँदै स्थानीय निर्वाचनमा काँग्रेसको उम्मेदवारलाई जिताउनुपर्ने बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖