“दोलखामा माओवादीले मारेका एमाले कार्यकर्ताको रगत सिंहदरबारमा बसेका प्रचण्डको कोटमा लागेको छ” (भिडियो सहित)
बैशाख २७, नेकपा एमालेको विधार्थी संगठन अनेरास्ववियुका केन्द्रीय सचिव सुदेश पराजुलीले दोलखामा माओवादीले मारेका एमाले कार्यकर्ताको रगत सिंहदरबारमा बसेका प्रचण्डको कोटमा लागेको बताएका छन् ।
लाइटनेपाल डटकमसँगको भिडियो अन्तवार्तामा पराजुलीले स्थानीय निर्वाचनको सम्मुखमा भएको घटनाले माओबादीको पराजित मानसिकता बाहिर आएको र घटना त्यही मानसिकताको परिणाम रहेको बताए । पराजुलीले यस्ता घट्ना दोहोरिए त्यसको परिणाम गम्भीर हुने र तयसको जिम्मेवारी पनि सरकारकै हुने बताए ।
मंगलबार राति साढे ८ बजे दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका वडा नं २ मा माओवादी केन्द्रको आक्रमणबाट एमालेका सक्रिय युवा कुलबहादुर तामाङको मृत्यु भएको थियो । जसलाई एमालेले हत्या भनेको छ । पूर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेतृ देवी खड्का र अरु केन्द्रीय नेताहरुकै संलग्नतामा एमाले उम्मेद्वारका छोरोको निर्मम हत्या भएको छ । उनीहरुले कार्यकर्ताको साथ लिएर दोलखामा गोली चलाउदै कुटिकुटी वडा सदस्य का उम्मेदवारका छोराको हत्या गरेका हुन् । उनीहरुको आक्रमणबाट एमाले गाऊँ पार्टी कमिटी अध्यक्षका बाबु गम्भिर घाईते भएका छन् ।
मंगलबार पूर्व मन्त्री खड्का र नेता विशाल खड्काकै नेतृत्वमा माओबादी कार्यकर्ता दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ जुँगुमा अन्दाधुन्दा गोली प्रहार गर्दै एमाले नेता कार्यकर्ता माथी जाईलागेका थिए । उनीहरुको आक्रमणबाट गौरीशंकर गाउँपालिका वडा नं १ मा नेकपा एमालेबाट वडा सदस्यको उम्मेद्वार बनेको गोरे तामाङका ३३ बर्षिय छोरा कुलबहादुर तामाङको ज्यान गएको हो ।
पराजुलीसँगको भिडियो अन्तवार्ता हेर्नुहोस,


