काबेली र मकालु बैंक गाभियो, साउन १ गते देखि एकिकृत कारोबार शुरु हुने

धनकुटा खबर, बैशाख २९ । धनकुटाको कावेली बिकास बैकसंग तेह्रथुमको माउण्ट मकालु डेप्लोपमेन्ट बैक गाभिएको छ ।

बिकास बैकहरुले असार मसान्त सम्म अनिवार्य ५० करोड चुक्ता पूँजी बनाउनुपर्ने नेपाल राष्ट बैंकको नीति अनुसार एकल रुपमा उक्त शर्त पुरा गर्न नसकेपछि दुबै बैक गाभिएका हुन् ।

समझदारी पत्रमा काबेली बैंकका अध्यक्ष गोपाल प्रसाद काफ्ले र मकालु बैकका अध्यक्ष हरिकृष्ण निरौलाले पत्रकार सम्मेलन गरेर साझेदारी–पत्रमा हस्ताक्षर गरेका छन् ।

सहमति पछि केन्द्रिय कार्यालय धनकुटामा रहने,बैकको नाम काबेली बिकास बैक र अध्यक्ष समेत काबेलीकै रहने दुबै बैंकले संयुक्त बिज्ञप्ती जारी गरेका छन् ।

काबेलीको कुल १५ करोड ९९ हजार २ सय र मकालुको ११ करोड २७ लाख ४० हजार सहित कुल २६ करोड २८ लाख २९ हजार २ सय कुल पूँजीमा बैंक गाभिएको छ ।

राष्ट बैंकको नीति अनुसार ५० करोडमा अपुग २३ करोड ७१ लाख ६० हजार ८ सय आगामी बिशेष साधारण–सभाबाट शेयर जारी गरेर पु¥याउने छ । दुबै बैकले साउन १ गतेबाट एकिकृत कारोबार शुरु गर्ने जनाएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।