चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ अवधारणामा नेपालले पनि आफ्नो उपस्थिति औपचारिक रुपमै जनायो (भिडियो सहित)
छिमेकी राष्ट्र चीनले अघि बढाएको महत्वाकांक्षी योजना ‘वान बेल्ट वान रोड’ (ओबिओआर) अवधारणामा नेपालले पनि आफ्नो उपस्थिति औपचारिकरुपमा जनाएको छ ।
नेपाल र चीनबीच शुक्रबार भएको सम्झौता पछि सरकारले धेरै आशंका र अन्यौललाई समेत चिरेको छ । विकासोन्मुख मुलुकहरूको दीर्घकालीन हितलाई सम्बोधन हुने भनिएको यो कार्यक्रमलाई नेपालको पूर्वाधार लयागतका विकासमा सम्भावनाको दृष्टिले हेरिएको छ ।
के ओबिओआर सम्झौता संगै नेपालको पूर्वाधार विकास, जलविद्युत् र कृषिका क्षेत्रको विकासको सम्भावनाको बाटो खुलेको हो त ?


