वडासदस्यमा ‘जितेर’ शपथ खाइसकेपछि ‘पराजित’ भन्दै प्रमाणपत्र फिर्ता लिइयो

नवलपरासी, जेठ ६ । वडासदस्यमा निर्वाचित घोषित एक महिला सदस्यलाई तीन दिनपछि पराजित भएको भन्दै निर्वाचन अधिकृतले प्रमाणपत्र फिर्ता लगेका छन् ।

नवलपरासीको विनयी–त्रिवेणी गाउँपालिकाको वडा नम्बर–२ बाट नेपाली कांग्रेसकी महिला सदस्य उम्मेदवार विन्दा नेपाललाई निर्वाचन अधिकृत हरिलाल पुरीले मतपरिणाम सुनाउँदै निर्वाचित भएको घोषणा गरेका थिए ।

मतपरिणाम घोषणा गरेको दुई दिनपछि नेपालसहित सबै विजयी उम्मेवारलाई शपथ खुवाउँदै प्रमाणपत्र वितरण गरिएको थियो ।

साँझपख एमाले कार्यकर्ताहरुले विरोध गर्दै कार्यालयमा ताला लगाएपछि पुरीले पुनः मतपरिणाम हेर्दै एमालेकी पुष्पा आलेको बढी मत भएको भन्दै आलेलाई विजयी घोषणा गरेका हुन् ।

मतपरिणाम घोषणा गर्दा नेपालको १ हजार ४९ मत भनिएपनि प्राविधिक त्रुटि हुन गएको भन्दै मतपरिणाम हेर्दा नेपालको १ हजार ३९ मतमात्र देखिएकाले १ हजार ४९ मतसहित आलेलाई विजयी घोषणा गरी प्रमाणपत्र फिर्ता लिइएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । – ईमेजखबरबाट ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।